बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

सबैलाई खोप उपलब्ध गराउनु पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनु पहिलो प्राथमिकतामा रहेको बताएका छन् । सोमबार जोरपाटीको नेपाल अर्थोपेडिक अस्पतालको कोभिड खोप केन्द्रको अवलोकन गर्दै उनले त्यस्तो बताएका हुन् ।

देउवाले आज उपत्यकाको अन्य खोप केन्द्र अनुगमन गर्ने कार्यक्रम रहेको छ । खोप सहज रुपमा लगाउने व्यवस्था मिलाउन देउवाले निर्देशन समेत दिएका छन् ।