वडा र स्वास्थ्य चौकी भवन निर्माण

सिरहा- लहान नगरपालिका–१२ स्थित पडरिया थारुटोलमा रु ७५ लाखको लागतमा वडा कार्यालय र स्वास्थ्य चौकीको संयुक्त दुई तले भवन निर्माण सम्पन्न भएको छ । आज एक कार्यक्रमबीच नगरप्रमुख महेशप्रसाद चौधरी र वडाध्यक्ष बद्रीनारायण चौधरीले संयुक्त रूपमा सो भवनको उद्घाटन गरे।
उक्त भवनको तल्लो तलामा स्वास्थ्य चौकी तथा माथिल्लो तलामा वडा कार्यालयको सेवा प्रवाह गरिनेछ । उद्घाटन कार्यक्रममा नगरप्रमुख चौधरीले लहान नगरपालिकाका २४ वटै वडाले अब आफ्नै भवनमार्फत सेवा प्रवाह गर्ने बताए ।
वडाध्यक्ष बद्री नारायण चौधरीका अनुसार चालु आर्थिक वर्षको समपुरक कोष अन्तर्गत नगरपालिका तथा सङ्घीय सरकारको संयुक्त बजेटबाट उपभोक्ता समितिमार्फत भवन निर्माण गरिएको हो । उनका अनुसार यसअघि वडा कार्यालयले भाडाको घरबाट सेवा दिँदै आएको थियो ।
स्वास्थ्य चौकीका प्रमुख अरविनकुमार चौधरीले चौकीको पुरानो अवस्थाबारे जानकारी दिँदै भने, “हामी एक कोठे जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएका थियौँ । वर्खामा पानी चुहिन्थ्यो, औषधी तथा अन्य सामग्री राख्न समस्या हुन्थ्यो ।”

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने

प्रतिक्रिया