गुरुपूर्णिमाका अवसरमा प्राडा वासुदेव त्रिपाठी सम्मानित

काठमाडौँ- गुरुपूर्णिमाका अवसरमा नेपाली भाषा साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आउनुभएका प्राडा वासुदेव त्रिपाठीलाई सम्मान गरिएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनले आज चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री एवं फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले उहाँलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बास्कोटाले दिगो शान्ति र समृद्धिका लागि वैदिक शिक्षा आवश्यकपर्नेमा जोड दिए ।
वैदिक ज्ञानको अभावमा मानिसले दुःख पाएको उल्लेख गर्नुहुँदै उहाँले ऋग्वेदको १० औँ मण्डलबाट लिइएको भावातीत ध्यानले नै मोजाम्बिकमा १६ वर्षसम्म चलेको गृहयुद्ध अन्त्य भएको बताए । यसैले वैदिक विज्ञान र आधुनिक विज्ञानलाई सँगै अघि बढाउनुपर्नेमा बास्कोटाले जोड दिएका थिए ।
सम्मानित व्यक्तित्व त्रिपाठीले गुरुकुल शिक्षा पद्धति नै पूर्ण शिक्षा भएको बताए । विद्यार्थीलाई उत्प्रेरित बनाउने गरी शिक्षा दिनुपर्ने भनाइ पनि उनको थियो । सो अवसरमा बूढाबूढी विज्ञानमा विद्यावारिधि गर्नुहुने डा होमनाथ चालिसेलाई पनि सम्मान गरिएको थियो ।
गुरुपूर्णिमाकै अवसरमा आज भक्तिपथ फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा गुरुको महत्वका बारेमा स्वामी शीतलकृष्णजी महाराजलगायतले चर्चा गरेका थिए ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया