युक्रेनमा युरोपेली राष्ट्रहरूसँगै सहकार्य गर्न राष्ट्रपति ट्रम्पलाई मर्जको आग्रह

रोम- युक्रेनलाई सहयोग जारी राख्न र युरोपेली राष्ट्रहरूसँगै सहकार्य गर्न जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई आग्रह गरेका छन् ।
रोममा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा मर्जले ‘वासिङ्टन डिसी र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै भने, “हामी(युरोपेली राष्ट्रहरू) सँग रहनुहोस्, हामी एउटै पृष्ठमा छौं र हामी यस संसारमा स्थिर राजनीतिक व्यवस्थाको खोजीमा छौं ।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सङ्केत गर्दै भनेका छन्, “हामी हार मान्दैनौँ ।”
युक्रेनको पुनर्निर्माणका लागि राजनीतिक र निजी क्षेत्रको समर्थन जुटाउने उद्देश्यले आयोजित ‘युक्रेन पुनरूत्थान सम्मेलनमा मर्जले उक्त कुरा बताएका हुन् ।
गत जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेदेखि नै किएभलाई दिइएको अमेरिकी समर्थनमाथि प्रश्न उठाइएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति सम्झौता गर्ने प्रयासमा मस्कोसँग निकटता देखाएका थिए।
यद्यपि यसै साता ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनबारे ‘धेरै बकवास’ गरिरहेको बताएका थिए ।
ट्रम्पले युक्रेनलाई थप हतियार पठाउने घोषणा गरेको एक दिनपछि ट्रम्पको आलोचना भएको थियो, गत हप्ता वासिङ्टनले केही हतियार ढुवानी रोक्ने घोषणालाई उल्ट्याएको थियो ।
मर्जले किएभलाई इयूको समर्थन ’अटुट’ रहेको बताउँदै रुसविरुद्ध प्रतिबन्धको नयाँ प्याकेज तयार गरिरहेको उल्लेख गरे ।
उनले भने, “एउटा मात्र सदस्य राष्ट्र यसमा सहमत हुन सकेको छैन । म स्लोभाकिया र त्यहाँका प्रधानमन्त्रीलाई तत्काल प्रतिरोध त्याग्न आग्रह गर्दछु ।”
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको आफ्नो रुसी समर्थक अडानका लागि चिनिने र मे महिनामा मस्कोको दोस्रो विश्वयुद्धको सम्झनामा भाग लिने एक मात्र इयू नेता भएका थिए । उक्त अवसरमा उनले रूसी राष्ट्रपति पुटिनलाई भेटेका थिए । (एएफपी)

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_qkCFdpTkFF_j2gwrifao4cgpgqf0kwdexk6n4ei8aixsn2j8jcm7h0s5htyv3a25wmehx9q.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

फ्रान्स–बेलायत आप्रवासी सम्झौता बारे ईयूले मूल्यांकन गर्ने

गाजामा अमेरिकी नीति आलोचना गर्दा प्रतिबन्ध: अभिव्यक्ति स्वतन्त्रताको प्रश्न उठ्दै

प्रतिक्रिया