बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर
ढाका- बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता विरुद्धको अपराधमा दोष स्वीकार गर्नुभएको र पूर्व प्रधानमन्त्री शेख हसिनालाई औपचारिक रूपमा अभियोग लगाइएको बिहीबार पुनः सुरु भएको मुद्दामा अभियोजकहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार हसिनाको सरकारले विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने प्रयास गर्दा सन् २०२४ जुलाई र अगस्टका बीचमा एक हजार चार सय मानिस मारिएका थिए ।
बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले हसिनाको अपदस्थ सरकार र उहाँको अहिले प्रतिबन्धित पार्टी अवामी लिगसँग सम्बन्धित पूर्व वरिष्ठ व्यक्तिहरूलाई मुद्दा चलाइरहेको छ ।
“पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) चौधरी अब्दुल्लाह मामुनले मानवता विरुद्धको अपराधमा दोष स्वीकार गर्नुभएको छ”, आइसिटीका प्रमुख अभियोजक मुहम्मद ताजुल इस्लामले पत्रकारहरूलाई भने ।
‘जुलाई–अगस्ट विद्रोहको समयमा भएका अपराधहरूबारे आफूसँग भएका सबै जानकारी’ दिँदै मामुनले साक्षीका रूपमा काम गरेर अदालतलाई सहयोग गर्न सहमत भएको इस्लामले बताए ।
अदालतले मामुनको सुरक्षा सुनिश्चित गर्न छुट्टै आवासको व्यवस्था गर्न अनुमोदन गरेको छ ।
न्यायाधिकरणले बिहीबार हसिना र उहाँका गृहमन्त्री असादुज्जमान खान कमालमाथिका आरोपहरू खारेज गर्न वकिलहरूको अनुरोध पनि अस्वीकार गरेको छ ।
दुवै हसिना र कमाललाई सोही मुद्दामा औपचारिक रूपमा अभियोग लगाइएको छ ।
हसिना र कमालका राज्यद्वारा नियुक्त वकिल आमिर हुसेन भने आशावादी छन् । “मुद्दा प्रारम्भिक चरणमा छ र अन्य धेरै चरण छन्”, उनले भने ।
विरोध प्रदर्शनले आफ्नो १५ वर्षको शासन समाप्त गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट भारत भागेकी थिइन् । उनले ढाका फर्कने प्रत्यर्पण आदेशको अवहेलना गरेकी छन् । ढाकामा उनको अनुपस्थितिमा जुन १ मा मुद्दा सुरु भएको थियो ।
हसिनाले आइसिटीमा कम्तीमा पाँचवटा आरोपको सामना गरिरहेकी छन् । यसमा ‘जुलाई विद्रोहको समयमा सामूहिक हत्याका लागि उक्साउने, प्रेरणा गर्ने, संलग्नता, सहजीकरण, षड्यन्त्र र रोकथाम गर्न असफल हुने’ समावेश छन् ।
अभियोजकहरूले हिंसाका लागि हसिनाले समग्र कमान्डको जिम्मेवारी लिएको बताएका छन् ।
उनलाई जुलाई २ मा छुट्टै मुद्दामा अदालतको अवहेलनाको दोषमा दोषी ठहराइएको थियो, जसमा छ महिनाको सजाय भएको थियो ।
फरार पूर्वमन्त्री कमाल पनि भारतमा रहेको विश्वास गरिन्छ । (एएफपी)

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_5XzmAdeDQB_jnccxmhlhh3ugp5ytdsyubeq14p5pvr3t5dt70cuvdyeecrm8rythtxv4uuy.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

फ्रान्स–बेलायत आप्रवासी सम्झौता बारे ईयूले मूल्यांकन गर्ने

गाजामा अमेरिकी नीति आलोचना गर्दा प्रतिबन्ध: अभिव्यक्ति स्वतन्त्रताको प्रश्न उठ्दै

जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिँदै

काबुल : सन् २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

प्रतिक्रिया