शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ- सांसदहरूले वर्षाका कारण अवरुद्ध सडकखण्ड र क्षतिग्रस्त पुलको तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको शून्य समयमा सभा सदस्यहरूले रसुवामा गएको बाढीमा बेपत्ताको तत्काल खोजी उद्धार र राहत एवं पुनःस्थापनाका लागि सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
  
शून्य समयमा सांसदहरू सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रुक्मिणी कोइराला र आनन्दप्रसाद ढुङ्गानाले रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न ध्यानाकर्षण गराए । उनीहरूले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको भन्दै आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गरे ।
    
सभा सदस्य घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको ‘सर्भर डाउन’ भयो भन्दै कम्पनी दर्ता गराउन घुस मागेका विषयमा तुरुन्त छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । “सर्भर डाउनको बहानामा अनलाइन सिस्टमलाई बन्द गराई नवीकरण र दर्ता गर्दा प्रतिशत तोकेर रकम अशुल्ने खबर सार्वजनिक भएको छ”, उनले भने, “कम्पनी दर्ता गर्न पनि घुस खुवाउनुपर्ने भएपछि जनताले किन र कसरी व्यवसाय गर्छन् ? कसरी लगानीको वातावरण बन्छ ?”
    
यस्तै, सांसद मनरुपा शर्माले नारायणगढ–बुटवल सडकको (बर्दघाट) दाउन्ने दुम्कीबास खण्डसँगै देशभरका विभिन्न सडक अस्तव्यवस्त भएको भन्दै ध्यानाकर्षण गराए । सांसद रेणु चन्दले अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबिसकोट नगरपालिका जोड्ने झोलुङ्गे पुल निर्माणका लागि आवश्यक बजेट तत्काल उपलब्ध गराउन माग गरे ।
    
सांसद श्रीकृष्णप्रसाद अधिकारीले गाजा क्षेत्रको प्यालेस्टाइनी नागरिकको जीवनरक्षाका लागि सरकारको धारणा स्पष्ट गर्न माग गर्नुभयो । सांसद विष्णुकुमारी सापकोटाले जिल्लास्तरीय महिला तथा बालबालिका कार्यालयको खारेजीले महिला विकास तथा सशक्तिकरणमा ध्यान पुग्न नसकेको धारणा राखे ।-रासस

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको हुँ

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः सांसद बर्तौला

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः स…

मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी र राहत–उद्धारमा जिम्मेवार हुन सरकारको ध्यानाकर्षण

मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी र राहत–उद्धारमा जिम्मेवार हुन सरकारको ध्…