शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले पछिल्लो तथ्याङ्कलाई हेर्दा मुलुकको अर्थतन्त्र सुधार हुदै देखिएको भन्दै अव मुलुकमा केहि भएन भनेर निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको हो । सवै राजनीतिक पार्टीहरु, समाजका सवै क्षेत्रहरु निराशा बाढ्ने अवस्थाबाट बाहिर निस्कनुपर्ने उनले बताए ।

पौडेलले सरकारले मुलुकको आर्थिक अवस्थाका बारेमा निरन्तर तथ्याङ्क सार्वजनिक गरिरहेको भन्दै तथ्याङ्कलाई कसैले तोडमोड गर्न नसक्ने स्पष्ट पारे । उनले आगामी वर्षको बजेट कार्यन्वयनको तयारी गरिरहेको बताए बजेटमा टेक एन्ड पेको विषयमा सरकारले स्पष्ट पारेको र विद्युत उत्पादनपछि खरिदको सुनिश्चितता गरेको बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले ल्याएको बजेटलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सके आर्थिक समस्या समाधान भएर जाने बताए । आर्थिक सुधार आयोगको सुझावलाई अधिकतम समावेश गरेको बजेट आएकाले निजि क्षेत्र उत्साहित नै रहेको उनले बताए ।

कार्यक्रममा नेपाल आर्थिक पत्रकार संघले केहि पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो  ।