'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

काठमाडौँ- 'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन सुरु हुने भएको छ । इभेन्टस फर युले शनिबारबाट काठमाडौँको राष्ट्रिय नाचघरमा सुरु गर्न हो । पहिलोपटक नेपालमा महिलाहरूको अगाडि उपनाम नथपियोस भनेर यो कार्यक्रम आयोजना गर्न लागिएको इभेन्टस फर युका अध्यक्ष विशाल गुरुङ्गले बताए । नेपाली समाजमा महिलाहरूमा विभिन्न उपनाम थप्ने प्रचलन रहेकाले त्यो उपनाम हटाउने उद्देश्यसहित यो इभेन्ट आयोजना गरिएको उनले बताए ।
‘एकल महिला, डिभोर्सी महिला,विवाहित वा अविवाहित महिला भन्ने चलन छ,’ अध्यक्ष गुरुङले भने,’ छोरी मानिसले जन्मदै आफ्नो पहिचान लिएर आएकाले अन्य नाम थप्ने काम हुँदैछ । हामी यो इभेन्ट मार्फत छोरी मानिस नै छोरी नै रहनुपर्छ भन्ने सन्देश दिन चाहन्छौं । छोरी मानिसलाई छोरीको रुपमा रहन दिऔँ । महिलाको अगाडि विभिन्न नाम थप्न हुँदैन यसले गर्दा महिलाको आफ्नो सक्कली परिचय गुम्छ ।'
इभेन्टमा सहभागी हुन विवाह अगाडि सपना पुरा गर्न नसकेका महिलाहरू विवाहपछि आउनेहरू बढी रहेको गुरुङ्गले जानकारी दिए । आफ्नो परिचय बनाउनुपर्छ भन्नेहरू बढी रहेको उनको भनाइ छ । उनका अनुसार मिस इन्टरनेशनलमा सहभागी हुनका लागि १८ देखि ५० वर्षको उमेर समूहको हुनुपर्नेछ । विवाहित तथा अविवाहित सबै महिलाले सहभागिता जनाउन सक्ने छन् ।
सहभागी शुल्क ५० रुपैयाँ राखिएको गुरुङ्गले जानकारी दिए । सहभागी हुनका लागि जिनो पे अनलाइनबाट फारम भर्न सकिन्छ । यस इभेन्टबाट विजेतालाई पहिलो, दोस्रो र तेस्रो भनेर वर्गीकरण नगर्ने उनले जानकारी दिए । ३ जना विजेतालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाइने उनले बताए । मिस एशिया, मिस गाल्म वल्ड र मिस ग्लोबलमा सहभागी गराइने उनले जानकारी दिए । यस मिस नेपाल इन्टरनेशनलको प्रायोजक कार्भको हेयर स्याम्पु र हेयर ट्रिटमेन्ट रहेको छ ।

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

प्रतिक्रिया