कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमला नदीमा दुई लाख माछाका भुरा छोडियो
सुई नपाउँदा छटपटिन्छन्, ‘हेमोफिलिया’का बिरामी

गोरखा बजारमा खानेपानीको अभाव : राज्यको ४४ करोड बालुवामा पानी

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि …

आज विश्व जनसङ्ख्या दिवस, विश्वको जनसङ्ख्या सन् २०३० मा आठ अर्ब ५० करोड पुग्ने

कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

गुरु अन्धकारबाट प्रकाशमा पुर्याउने पूज्य पात्र हुन् : प्रधानमन्त्री ओली

प्रतिक्रिया