आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु भएको बताएका छन्  । प्रधानमन्त्री ओलीले आज आदिकवि आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै भने, “आदिकवि भानुभक्त आचार्य जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो, नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।”

आदिकवि आचार्यको जन्मदिनका अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।