आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको हो । 

आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ वृद्धि भएको हो ।  यस्तै आइतबार चाँदीको मूल्य तोलामा २ हजार २८५ रुपैयाँ पुगेको छ । शुक्रबार भने चाँदी तोलामा २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।