स्वतन्त्र व्यापार सम्झौतामा युरोपेली संघ र इन्डोनेशियाबीच ऐतिहासिक सहमति

ब्रसेल्स, बेल्जियम- युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला फोन डर लायन र इन्डोनेशियाका राष्ट्रपति प्रभाओ सबियान्तोले आइतबार स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति पुगेको घोषणा गरेका छन् । यो कदम विश्वव्यापी व्यापारमा अमेरिकी राष्ट्रपतिका कदमका बीचमा धेरै महत्त्वपूर्ण रहेको बताइएको छ ।
ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै उर्सुला फोन डर लायनले भने, “हामी अहिले चुनौतीपूर्ण समयमा छौँ, जहाँ आर्थिक अनिश्चितता र राजनीतिक अस्थिरता बढेको छ । यस्तो समयमा हामी जस्ता साझेदारहरूले अझ नजिक भएर काम गर्न आवश्यक छ । आज हामी हाम्रो साझेदारीमा ठूलो प्रगति गरिरहेका छौँ ।”
उनले थपे, “म खुसीसाथ भन्न चाहन्छु कि हामीले महत्वाकांक्षी स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति हासिल गरेका छौँ ।”
युरोपेली सङ्घका २७ राष्ट्र र दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेशियाबीच सन् २०१६ देखि व्यापार र लगानी बढाउन सम्झौता गर्न वार्ता हुँदै आएको थियो ।
युरोपेली आयोगले आइतबारको सहमतिको कुरा गर्दै भनेको छ कि यो सम्झौता ठूलो उपलब्धि हो र आगामी सेप्टेम्बरमा यो औपचारिक रूपमा टुंगिनेछ ।
उर्सुला फोन डर लायनले भने,“हाम्रो व्यापार सम्बन्धमा धेरै सम्भावना बाँकी छ । यसैले यो सहमति सही समयमा आएको हो किनभने नयाँ सम्झौताले नयाँ बजार खोल्नेछ ।”
“यसले मुख्य उद्योग, व्यापार, कृषि, मोटर उद्योग र सेवा क्षेत्रमा नयाँ अवसरहरू ल्याउनेछ ।”
अमेरिकाले उच्च भन्सार शुल्क लगाउने धम्की दिएपछि युरोपेली सङ्घले विश्वका महत्त्वपूर्ण साझेदारसँग सम्बन्ध बलियो बनाउन थप प्रयास गरिरहेको छ ।
“इन्डोनेशियासँग भएको यो ठूलो राजनीतिक सहमति हाम्रो लागि ठूलो सफलता हो र यसले हामीलाई नयाँ र खुला बजार खोज्न मद्दत गर्नेछ ।” (एएफपी)

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

इजरायली हमलाबाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इर…

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अका…

अमेरिकी करप्रति युरोपेली संघको जवाफी कदम अस्थायी रूपमा स्थगित, सम्झौताको प्रय…

यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

प्रतिक्रिया