गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई छानबिन गर्न निर्देशन

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।
मन्त्री लेखकले आज स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
“प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए ? कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देशन दिएको छु”, मन्त्री लेखकले भने, “स्पेन जान भिजिट भिषाको प्रबन्ध कसले गर्यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।”
उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । “यस विषयमा दोषी देखिएकालाई कारबाही गरिने छ”, उनले भने । प्रधानमन्त्री ओली यही असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

प्रतिक्रिया