श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशाम्सीबीच भेटवार्ता भएको छ । आज भएको उक्त भेटवार्तामा उनीहरुबीच युएईमा कार्यरत नेपाली कामदारका लागि न्यूनतम एक हजार दिराम तलब अनिवार्य रूपमा लागू गर्ने विषयमा छलफल भएको मन्त्री भण्डारीको निजी सचिवालयले जानकारी दिएको हो ।
मन्त्री भण्डारीले विगत लामो समयदेखि नेपाली श्रमिकहरू अत्यन्तै न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको स्मरण गराउँदै अब न्यूनतम एक हजार दिराम नगद तलब र थप ४०० दिराम बराबरको आवास तथा खानाको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । नेपाली श्रमिकका लागि जम्मा एक हजार ४०० दिराम बराबरको सेवासुविधा सुनिश्चित गर्न युएई सरकारलाई मन्त्री भण्डारीले आग्रह गरे ।
सो अवसरमा राजदूत अलशाम्सीले नेपाल सरकारद्वारा तय गरिएको न्यूनतम तलबको व्यवस्थालाई युएई सरकारले सकारात्मक रूपमा लिएको बताए । यसको कार्यान्वयनमा आफूहरुको पूर्ण समर्थन रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “नेपाल सरकारद्वारा तय गरिएको नीति युएईले पूर्ण रूपमा कार्यान्वयन गर्न तयार छ”, उनले भने ।
भेटका क्रममा राजदूत अलशाम्सीले महिला घरेलु कामदारका लागि नेपाल सरकारले अघि सारेको पाइलट परियोजनाबारे समेत चासो व्यक्त गर्नुभएको थियो ।
मन्त्री भण्डारीले पाइलट परियोजनाका लागि सबै आन्तरिक तयारी सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्णय आएलगत्तै घरेलु कामदार पठाउने प्रक्रिया सुरु हुने विश्वास व्यक्त गरे । नेपाल सरकारले श्रमसम्बन्धी सम्पूर्ण सेवा–सुविधालाई ‘डिजिटलाइजेसन’तर्फ अगाडि बढाइरहेको जानकारी गराउँदै उहाँले त्यसमा युएई सरकारसँग सहकार्यको अपेक्षा गरिएको बताए ।

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट

चीनसँग व्यापार र पर्यटनमा सहकार्यका लागि मुख्यमन्त्री पाण्डेको प्रस्ताव

एमच्याम नेपाल र अमेरिकी वाणिज्य विभागद्वारा आइसीटी व्यापार र लगानी प्रवद्र्धनका…

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण, परराष्ट्र मन्त्री रा…

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

प्रतिक्रिया