सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

इटहरीका गिरीको एनआएरन अष्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य समन्वय परिषद् (एससीसी) अन्तर्गत सदस्य पदका लागि आशीष गिरिले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। नेपाली समुदायप्रति प्रतिबद्धता र सक्रियतासहित अग्रसर रहँदै आएका गिरीले आफू एनसडब्लुमा बसोबास गर्ने नेपालीहरूका आवाजलाई संस्थागत रूपमा प्रतिनिधित्व गर्न र सशक्त नेतृत्व विकासमा योगदान गर्न तयार रहेको बताएका छन्।

उनले एनआरएनएको मूल उद्देश्यलाई आत्मसात् गरेर समुदायको हितमा पारदर्शी, समावेशी र दीर्घकालीन परिणाम दिने काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । गिरिले राज्य समन्वय परिषद् सदस्यका रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै समर्थन र सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।

गिरी सिड्नीमा सन् २०१४ देखि बस्दै आएका छन् । अष्ट्रेलियाको नेपाली समुदायमा सक्रिय उनी सुरुवातदेखि सक्रिय भएर सामाजिक कार्यमा संलग्न छन् । उनी सुनसरी इटहरी उपहमहानगरपालिका १९ का हुन् ।