सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने भनाइ हावादारी

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिम्मत भएमा कर्मचारी सरुवा घुस काण्ड, भिजिट भिसा र भुटानी शरणार्थी मानव तस्करी जस्ता जघन्य अपराधमा संलग्न मन्त्रीहरूलाई तत्काल कारबाही गर्न सुझाव दिएका छन् । उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,' अन्यथा तपाईंको सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने भनाइ हावादारी ठहरिनेछ ।'

उनले भनेका छन्,' एउटा मित्रको सल्लाह- प्रम केपी ओलीज्यू,तपाईँमा हिम्मत छ भने कर्मचारी सरुवा घुस काण्ड,भिजिट भिसा र भुटानी शरणार्थी मानव तस्करी जस्ता जघन्य अपराधमा संलग्न मन्त्रीहरूलाई तत्काल कारबाही गर्नुहोस्। अन्यथा तपाईंको सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने भनाइ हावादारी ठहरिनेछ।'