मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

कञ्चनजङ्घा पदमार्गको पुल बाढीले बगायो

सांकेतिक तस्विर

ताप्लेजुङ- कञ्चनजङ्घा पदमार्गमा पर्ने सिम्बुवा खोलाको झोलुङ्गे पुल बाढीले बगाएको छ । पदमार्ग अन्तर्गत तोरोङदिन भन्ने स्थानमा रहेको उक्त पुल बगाएको सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पुल यही असार २८ गते रातिको बाढीले बगाएको अनुमान गरिएको छ ।

पुल बगाएपछि तत्कालका लागि कञ्चनजङ्घा साउथ बेसक्याम्प जाने बाटो अवरुद्ध भएको छ । याम्फुदिनबाट नयाँ झोरेनी, झण्डे डाँडा, तोरोङदिन हुँदै आधारशिविर पुगिन्छ ।  उक्त पुल तत्कालीन जिल्ला विकास समितिअन्तर्गत रहेको दुर्गम विकास समितिद्वारा निर्माण गरिएको थियो ।