मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको चलचित्र विधेयक आजको आवश्यकताअनुसार नै बन्ने बताएका छन् ।  आज चलचित्र विकास बोर्डद्वारा राष्ट्रपति कार्यालयमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’ मा मन्त्री गुरुङले राष्ट्रियसभामा प्रस्तुत गरिएको विधेयकलाई सबैको सल्लाह र परामर्शमा आजको आवश्यकताअनुसार ल्याउने बताए । 

उनले भने , “अहिले हामीले चलचित्र विधेयक प्रस्ताव गरेका छौँ, त्यो ऐन बन्ने प्रक्रियामा अगाडि बढ्दै गर्दा चलचित्रकर्मीले खोज्नुभएको जस्तो र आजको आवश्यकताअनुसार कै आउँछ । त्यसमा प्राप्त सबैका सल्लाहअनुसार हामी चलचित्र ऐन ल्याउने छौँ ।”

उनले चलचित्रका माध्यमले नेपालको सुन्दरता, सांस्कृतिक विविधतालाई प्रचारप्रसार गर्न सकिनेमा जोड दिए । यसका साथै, चलचित्रलाई उद्योगको रुपमा बढाउन सकेमा त्यसले कूल गार्हस्थ्य उत्पादनमा समेत योगदान दिन सक्ने उन को भनाइ छ । 

“चलचित्र उद्योगको रुपमा राम्रोसँग अगाडि बढ्न सके त्यसले प्रचारसँगै रोजगारी सिर्जना गर्छ । यसले हाम्रो अर्थतन्त्रमा योगदान दिएर समृद्ध बनाउन योगदान दिनसक्छ । स्टुडियो निर्माणको सुरुआत, चलचित्र ऐनलगायत हामीले सुरू गरेको कामले विस्तारै चलचित्रलाई उद्योगको रुपमा स्थापित गर्न मदत गर्ने विश्वास छ”, मन्त्री गुरुङले भने । 

चलचित्र विकास बोर्डद्वारा आयोजित उक्त कार्यक्रममा चलचित्र दीर्घसाधना सम्मान, चलचित्र पुरस्कार प्रदान गर्नुका साथै चलचित्र क्षेत्रमा योगदान दिएका १० जनालाई सम्मान र एक जना प्राविधिकलाई मरणोपरान्त सम्मान गरिएको थियो ।  

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

राजर्षि विश्वविद्यालयको सिनेट : रु रु ३७ करोड ९३ लाख बजेट स्वीकृत

राजर्षि विश्वविद्यालयको सिनेट : रु रु ३७ करोड ९३ लाख बजेट स्वीकृत

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल