मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

काठमाडौँ- आज २०८२ असार ३१ गते मंगलबार ।
मेष
सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन् । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।
वृष
साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।
मिथुन
साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।
कर्कट
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।
सिंह
सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
कन्या
बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।
तुला
विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
वृश्चिक
नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन् । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारसंग भेट हुनेछ ।
धनु
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ ।
मकर
काममा राम्रै फाइदाको योग रहेको छ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन् । पढाई लेखाइमा प्रगति हुनेछ ।
कुम्भ
नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।
मीन
काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन् । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया