‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’

पाटन (ललितपुर)- संस्कृति शिरोमणि हरिराम जोशीले भानुभक्तको कृतिले नेपाल राज्यलाई एकढिक्का बनाउन महत्त्वपूर्ण योगदान दिएको बताएका छन् ।
साझा प्रकाशनले सोमबार केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकमा आयोजना गरेको २१२औँ भानुभक्तजयन्ती विशेष कार्यक्रममा उहाँले नेपाली साहित्य आकाशमा भानुभक्त र लक्ष्मीप्रसाद देवकोटाले सबैभन्दा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
“आचार्य राष्ट्रियस्तरमा र देवकोटा अन्तरराष्ट्रियस्तरमा साहित्यकारका रूपमा परिचित हुनुहुन्छ । भानुभक्त र देवकोटालाई म समान दृष्टिले हेर्छु, भानुभक्तको कृतिले नेपाल राज्यलाई एकढिक्का बनाउन योगदान दिएको छ । देवकोटा विश्वसाहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । दश दिनमा सुलोचना महाकाव्य लेखेर इतिहास कायम गर्नुभयो, देवकोटालाई महाकविको उपाधि जनताले दिएका हुन्”, उनले भने ।
संस्कृति शिरोमणि जोशीले भानुभक्तको कृति सधैँ अमर रहेको भन्दै भानुभक्तले साहित्यमार्फत सांस्कृतिक, राजनीतिक र नैतिक चरित्रका क्षेत्रमा ठूलो योगदान दिएको उल्लेख गरे ।
“जुनबेलासम्म नेपाल रहन्छ, त्योबेलासम्म भानुभक्तको पहिचान र चर्चा रहन्छ, भानुजयन्ती हैन, जन्मोत्सव हुनुपर्छ । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका जनतालाई एकतामा बाँध्ने काम भानुभक्तको साहित्यले गरेको छ”, उनले भने ।
साझा प्रकाशनका पूर्वमहाप्रबन्धक प्राध्यापक डा रमेश भट्टराईले साझा प्रकाशनले हिजो कर्मचारीलाई तलब खुवाउन नसकेको अवस्थाबाट पुनर्जीवन प्राप्त गरिरहेको भन्दै नयाँ सञ्चालक समिति आएपछि सुधार हुँदै गतिशील यात्रामा पुगेको बताए ।
उहाँले भानुभक्त र संस्कृति र राजनीति, भूगोल समाजको प्रतिविम्बमा आधारित रहेर सिर्जित भानुभक्तको रामायणमार्फत तत्कालीन समाज र मौलिकतालाई उजागर गर्ने प्रयत्न गरिएको बताए । भानुभक्तले सृजनाका माध्यमबाट नैतिकतासँगै समाज र राजनीतिलाई जोड्ने काम गर्नुभएको उहाँले धारणा राखे ।
कवि एवं गीतकार दिनेशचन्द्र थपलियाले ‘असारको महिना’ शीर्षकमा कविता वाचन गर्दै सृजना भाषा साहित्यको गहनाका रूपमा रहेका उल्लेख गरे । कार्यक्रममा स्रस्टा विणा आचार्य, छन्दकवि प्रभा भट्टराई, धीरेन्द्र प्रेमर्शीलगायतले कणप्रिय, मर्मस्पर्शी साहित्यिक रचना वाचन गरेका थिए ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_k3hFyhvTkR_v8bwg3kqekj5zrbowudx3dypigtjumh208ad8qe9agfatxdzxlxfqilbk2nm.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया