सेयर बजारमा निरन्तर वृद्धि

काठमाडौँ : आइतबार ठूलो अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक सोमबार पनि बढेको छ । नयाँ प्रधानमन्त्रीले विश्वासको मत लिएपछि बजारमा तिव्र वृद्धि भइरहेको छ ।
१३.८० अंकले बढेर नेप्से परिसूचक २९९४.४२ बिन्दुमा पुगेको छ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । बिशाल बजार कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ ।
कारोबारमा आएकामध्ये पाँच समूहका परिसूचक कमजोर छन् । विशाल बजाल कम्पनीको सेयर मूल्यमा भएको उच्च वृद्धिले व्यापार समूहको परिसूचकलाई पाँच प्रतिशतभन्दा बढी दरमा उचालेको छ ।
एक लाख सात हजार सात सय ९७ पटकको कारोबारमा तीन करोड ७५ लाख ७१ हजार तीन सय ५४ कित्ता सेयर किनबेच भएको छ । कुल सेयर कारोबार ११ अर्ब ८१ करोड रुपैयाँ छ । सबैभन्दा बढी कारोबार एनआइशी एसिया बैंकको छ ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया