विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका सदर भएका छौं : शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त नगरिएकोमा आपत्ति जनाएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता कोइरालाले घुस डिलको विवादमा मन्त्री तानिए पनि प्रधानमन्त्रीले उनीहरूलाई पदबाट हटाउन नसकेकोतर्फ व्यंग्य गरेका हुन् ।
उनले विपक्षी र सत्ता साझेदार आफ्नै पार्टी कांग्रेसलाई पनि निसाना साँधेका छन् । ‘मन्त्रीक्वाटरमा बिहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नोविरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिमन्त्रिपरिषद् बैठकमा भाग लिन्छन्,’ यस्तै रहेछ यहाँको चलन भन्दै कोइरालाले फेसबुकमा लेखेका छन्, 'सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने साक्षी किनाराका सदर भएका छौं ।'

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

प्रतिक्रिया