२० लाखको वाइन, प्रियंकालाई जन्मदिनमा निकको दुर्लभ उपहार !

मुम्बई : प्रियंका चोपडा आइतबारबाट ३९ लागिन् । अमेरिकी गायक निक जोनाससँग विवाह गरेकी प्रियंकाले आइतबार निकसँगै जन्मदिन पनि मनाइन् । जन्मदिनमा उनले सामाजिक सञ्जालमा असंख्य सन्देश पाउनु सामान्य भइहाल्यो ।
किनकि सामाजिक सञ्जालमा उनका करोडौं फ्यान छन् । अरु जे जस्तो शुभकामना दिए पनि प्रियंकालाई पति निक जोनासले भने के दिए होलान्, उनलाई पछ्याउनेका लागि चासोको विषय हो । यसको खुलासाका लागि भने फ्यानले कुनै टाउको दुखाउन परेन । प्रियंका आफैंले निकले दिएको यो उपहार इन्स्टामा सार्वजनिक गरेकी छन् ।
प्रियंकाले इन्स्टामा सोमबार बिहान एउटा तस्बिर राखिन् जसमा वाइनको एउटा बोतल र ग्लासहरू देखिन्थे । तस्बिरमा उनले निकलाई धन्यवाद दिएकी छिन् । यसले बुझाउँछ उनलाई यो बोटल निकले दिएका हुन् । तर, जन्मदिनमा वाइनको बोटल ? झट्ट सुन्दा खास नलागे पनि दैनिक भास्करका अनुसार यो बोटल खास हो । प्रियंकाले निकबाट पाएको यो बोटल रेड वाइन हो र यसको नाम हो, १९८२ सेटो मुटेन रोथशिल्ड ।
वाइन भए पनि यो सितिमिति पाइने वाइन हैन । फ्रान्समा बन्ने यो वाइन लिलामीमा मात्र पाइन्छ । बजारमा फुत्त गएर किन्न पाइँदैन । अनि एउटै बोतलको मूल्य १५ लाख देखि २० लाखसम्म अर्थात् मुम्बईमा एउटा बेडरुम भएको फ्ल्याट किन्न सकिने बराबर पैसा । प्रियंका र निक मिलेर घन्टामा नै लाखौं कमाउँछन् । अनि त २० लाखको वाइन के ठूलो कुरा होला र ?

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया