‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

‘भिजिट भिसा’ र मन्त्रीको घूस काण्डको अडियो टेप प्रकरणबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले उठेर विरोध जनाए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका तर्फबाट निर्वाचित सांसद शिव नेपालीलाई समय दिए। उनले अध्यागमन विभागबाट भएको मानव तस्करीबारे छानबिन गर्न माग गर्दै २०७८ माघ ११ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड नेतृत्वको टोलीले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे।
राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा नदिए समस्या समाधान नहुने बताए। उनले मन्त्रीको श्रव्य सामग्री सार्वजनिक भएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको प्रक्रिया अघि बढाउनुर्नेमा जोड दिए। उनले बोलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित सांसद सुनिता बरालले प्रधानमन्त्रीको नेतृत्वमाथि आरोप लगाएर बोलेको विषय संसद्को अभिलेखबाट हटाउन माग गरीन् । सभामुख घिमिरेले सांसदहरुले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको सदनलाई जानकारी गराए।

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

माओवादी सांसद पौडेलले गरे गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा माग

संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइयोः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया