मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सांसद बजगाईँ

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सरकारका मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बजगाईँले देशमा ९७ अर्व नयाँ ऋण थपिएको र श्रम पलायन तीव्र हुँदा धेरै मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएको बताएका हुन् ।
उन ले मुलुकका लागि केहि गर्न अघि बढ्ने प्रयास गर्दा भ्रष्टाचार, घुस र ठगीको प्रणालीमा नाचिरहेको देखिने गरेको जिकिर गरे । सांसद बजगाईँले अहिलको राजनीतिक परिदृश्यमा पुराना वा नयाँ दलहरुबीच राष्ट्रिय हितका साझा एजेन्डामा सहकार्यको स्पष्ट अभाव देखिरहेको धारणा राखे ।
त्यस्तै उहाले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा पोखराको जुलुसदेखि हस्ताक्षर अभियानसम्म सबै गैरकानुनी र अदालतको अवहेलना भएको तर्क गरे । उनले आपराधिक मुद्दामा जेलमा रहेका बेला समेत रवि लामिछाने पार्टीको अध्यक्षमा कायमै रहेको भन्दै सुधारको कुरा गर्ने पार्टीले आधारभूत जवाफदेहिता बेवास्ता गर्नु दुःखद भएको धारणा राखे ।

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

माओवादी सांसद पौडेलले गरे गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा माग

संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइयोः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया