बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो भूमिकाका बारे केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् । मदन भण्डारीको ७५ औं जन्मजयन्तीका मनाउने सन्दर्भमा मदन भण्डारी फाउण्डेशनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले एमालेको राजनीतिमा सक्रिय भएर आफूले देशको सेवा गर्ने भन्दै आफ्नो भूमिकाका बारे एमाले केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी हुन्  ।

महाधिवेशन अघि केन्द्रीय कमिटी नै माथिल्लो निकाय भएकाले एमालेमा आफ्नो कुन संरचनामा के भूमिका हुने भन्ने कुरा माथिल्लो तहको नेतृत्वले निर्णय गर्ने उनले बताए । त्यस्तै भण्डारीले विधान महाधिवेशनमा सन्दर्भमा दशौं महाधिवेशनका प्रतिनिधिहरुले नै भाग लिने भएपनि नयाँ सदस्य समेत थपिएकाले यस बारेमा पनि पार्टी केन्द्रीय कमिटीले नै निर्णय लिने जिकिर गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको जिकिर गर्नुभयो । संसद विघटनको घटनाले आफूलाई कुनै दवाव भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन मात्र गरेको उनले स्पष्ट पारिन् ।

मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको जन्मजयन्ती मनाउन पूर्वराष्ट्रपति भण्डारीको संरक्षकत्वमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको जानकारी दिएको छ । बिचार गोष्ठि, वादविवाद, हाजिरि जवाफ, खेलकुद प्रतियोगिता लगाएतका रचनात्मक क्रियाकपालका साथ मदन भण्डारीको जन्मजयन्तीलाई २०८२ र २०८३ सालभरी मनाइने फाउण्डेशनले जनाएको छ । 

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका सदर भएका छौं : शेखर कोइराला

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने भनाइ हावादारी

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…