बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

मन्थली (रामेछाप)- मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक रुपमा बेसारखेती सुरु गरेका छन् । बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा बेसारखेती सुरु गरेका हुन् ।
बेसार बिक्रीबाट राम्रै आम्दानी हुन थालेपछि किसानहरु त्यसतर्फ आकर्षित भएका हुन् । हाल स्थानीय बजारमा बेसार प्रतिकिलो रु ३०० सम्म बिक्री हुने गरेको छ ।
नगदेबालीका रुपमा लिइने बेसारखेतीबाट राम्रो आम्दानी हुने गरेको किसान श्रीप्रसाद घिमिरे बताउँछन् । “बाँदरकै कारण गाउँ रित्तिन थालेको छ, धेरै मानिसहरु बसाइ सरिसकेका छन्, मैले विकल्पमा १० रोपनीमा बेसारखेती गरेको छु”, उनले भने । आफूहरुले अभियानकै रुपमा बेसारखेती गरेको र थप जमिनमा रोप्ने तयारी पनि गरिरहेको उनको भनाइ छ ।
बसाइँ सरेपछि यहाँका बाँझा बारीमा पछिल्लो समय बेसारखेती हुन थालेको उनको भनाइ छ । बाँदरबाट जोगाउनका लागि धेरै किसानले बेसारसँगै अमरिसोको खेती पनि गरिरहेका छन् । रासस

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया