नौ सय घरमा खानेपानी सुविधा

म्याग्दी- जिल्लाका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ ।
खानेपानी वितरण गरेको डिभिजन प्रमुख झलकमोहन ओझाका अनुसार खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको हो । एक हजार २८३ वटा धारा निर्माण भएकामा नौ सय ३१ वटा धारामा मिटर जडान गरिएको छ ।
आयोजनामार्फत तीन हजार ११९ मिटर मुख्य, एक सय छ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र दुई सय ७७ वटा अन्य संरचना निर्माण भएका छन् ।
प्रदेश सरकारका ३६ वटा योजनाका लागि रु छ करोड ९८ लाख २५ हजार बजेट विनियोजन भएकामा ३५ वटा कार्यान्वयन र ९६ दशमलव ०९ प्रतिशत अथवा रु छ करोड ७० लाख ९५ हजार खर्च भएको छ ।
सङ्घीय सरकारका पाँचवटा योजनाका लागि रु ५१ लाख बजेट प्राप्त भएकामा तीनवटा योजना कार्यान्वयन र रु ४३ लाख ९५ हजार अथवा ८६.१९ प्रतिशत खर्च भएको कार्यालय प्रमुख ओझाले बताए ।
यस वर्ष दोवा, हिस्तान औला, पुलाचौर, बरंजाको दह–खर्कमा एक घर घर धारासहितको खानेपानी सुविधा विस्तार भएको छ । घराम्दी खानेपानी योजनाको औला स्किमको उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले सबै उपभोक्ताको घरघरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको बताए ।

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_4zQFzr58WL_1tebxhjwlxfo50nsnyh2ml1p57nspqnkvejvyybdvxievjdl9sr5uzms0i67.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

प्रतिक्रिया