पेनेलोप क्रुजको ‘प्यारालल मदर्स’ भेनिसको ओपनिङ फिल्म

इटाली : सेप्टेम्बरबाट सुरु हुने इटालीको भेनिस फिल्म फेस्टिभल पेड्रो अल्माडोरको ‘प्यारालल मदर्स’ सँगै ओपनिङ हुने भएको छ । फिल्ममा पेनलप क्रुजको मुख्य भूमिका रहेको छ ।
महामारीको समयमा सुटिङ भएको प्रतीक्षित फिल्म उत्कृष्ट पुरस्कारका लागि पनि प्रतिस्पर्धामा रहनेछ । पेड्रो र पेनलपको यो दोस्रो सहकार्य हो । दुवैले यसअघि सन् २०१९ मा रिलिज भएको फिल्म ‘पेन एन्ड ग्लोरी’मा सहकार्य गरेका थिए । फिल्ममा एन्टिनियो भेन्डरस पनि महत्वपूर्ण भूमिकामा थिए । फिल्म अस्करमा अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ पनि अन्तिम ५ मा मनोनयनमा परेको थियो ।
पेड्रोको यो फिल्मले तीन आमाको कथा पेस गर्छ जो फरक फरक मातृत्वको अनुभव लिएर बसेका छन् । फेस्टिभल आफ्नो फिल्मसँगै सुरुवात हुने कुराले उत्साहित बनाएको पेड्रोले बताएका छन् । ‘निर्देशकको रुपमा मेरो जन्म यही फेस्टिभलबाटै भएको हो ।
३८ वर्षपछि यही फेस्टिभलमा आफ्नो फिल्म सुरुवात गर्न पाउँदा खुशीको सीमा छैन । यो सम्मान म वर्णन गर्न पनि सक्दिन,’ पेड्रोको भनाइ छ,‘म फेस्टिभल प्रति कृतज्ञ छु र अपेक्षामा खरो उत्रने प्रयास गर्नेछु ।’
फेस्टिभलले यसअघि नै बिग बजेट ‘ड्युन’ वल्र्ड प्रिमियर हुने जानकारी गराइसकेको छ । योबाहेक ‘हलोविन किल्स’, ‘दि पावर अफ डग’, ‘स्पेन्सर’जस्ता ठूला स्टारको अभिनय रहेको फिल्मले पनि भेनिसबाटै प्रदर्शन यात्रा सुरु गर्दैछन् ।
भेनिसको ७८ औं संस्करण सेप्टेम्बर १ बाट सुरु भएर ११ सम्म चल्नेछ । यो पटक फेस्टिभलको मुख्य निर्णायकको जिम्मेवारी ‘प्यारासाइट’ निर्देशक बङ जून होले निर्वाह गर्दैछन् भने फेस्टिभलले ‘लाइफ इज ब्युटिफुल’ निर्देशक रोबेर्टो बेनिग्नीलाई लाइफ टाइम अचिभमेन्ट प्रदान गर्दैछ ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया