बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शपथ लिएकी छन् । बुधबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथ ग्रह गराएका हुन् । उनी मंगलबार सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी थिइन् ।

उनले शपथ पछि कार्यभार पनि सम्हालेकी छन् । घुस डिलको अडियो प्रकरणपछि प्रधानमन्त्रीको निर्देशनमा राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपाने मन्त्री नियुक्त भएकी हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, सुरक्षा निकायमा प्रमुख, संवैधानिक निकाय प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सरिक थिए ।

यसअघि उनी नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा थिइन् ।