बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

सुरुङ्गा (झापा)-  दमक-१० स्थित जहदा टोलमा स्कुटरको ठक्करबाट स्थानीय ७७ वर्षीय देवबहादुर श्रेष्ठको मृत्यु भएको छ । गए राति मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका उहाँको आज मृत्यु भएको हो । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा आज श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।