कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

दमौली (तनहुँ)- कर्तव्य गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा तनहुँको भिमाद नगरपालिका–८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्तबहादुर शाही रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शाहीलाई २९ वर्ष तीन महिनापश्चात् विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार स्याङ्जाको चापाकोट नगरपालिका–४ घुर्लीचौरबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । पक्राउ परेका शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा पठाइएको उनले बताए ।
तनहुँको साविक ढोरफिर्दी गाविस–८ र भानुमति गाविस–७ राइपुरको सीमानामा पर्ने क्याङ्दी खोला र बरखोलाबीच जरेबरमा लागेको मेलामा महिलाका विषयमा विवाद हुँदा सोही स्थान बस्ने चित्रबहादुर खाँणलाई खुकुरी तथा छुरी प्रहारगरी हत्यागरी शाही फरार भएका थिए । तनहुँ जिल्ला अदालतले विसं २०६० माघ २८ गते कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्ष कैदको फैसला सुनाएको थियो । घटनापश्चात् शाही हालसम्म फरार रहेका थिए ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_K0WWX4LpO3_tzauyftgormlf9kzzzbt92pfeylqkdzsmxc5ttxxkrngte3jrbi3bnr3zbdx.jpg)
प्रतिक्रिया