बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निरन्तरता र महत्वपूर्ण आयाम : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारमा लिप्त रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर प्रतिवाद गर्नुपर्ने अवस्था आउने बताएका छन्

बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत 'श्रम र उत्पादनमा वाइसिएल अभियान' को औपचारिक उद्घाटन गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै यस्तै रवैया रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर प्रतिवाद अवस्था आउने बताए ।

उनले प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्टाचार उजागर गर्दै आएको उल्लेख गरे । सुशासनको विरुद्ध खडा भएको वर्तमान सरकार सम्पूर्ण रुपमा देशलाई असफल बनाउने दिशातर्फ अघि बढेको उनले बताए ।

प्रचण्डले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान समेत गरे । वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको 'उत्पादन ब्रिगेड' को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उनले बताए ।

प्रचण्डले यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय भएको धारणा राखे । वाइसिएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको जानकारी दिएको छ ।