बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

एमाले सचिवालय बैठक सुरू

नेकपा एमालेको सचिवालय बैठक सुरू भएकाे छ। च्यासलस्थित, नेकपा एमालेको केन्द्रीय कार्यालयमा उक्त बैठक सुरू भएकाे हाे ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बसिरहेकाे हाे । सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ। प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र फरक फरक मत प्रकट भइरहेको बेला यो सचिवालय बैठक बसेकाे हाे ।