एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री

यहाँको रामपुर नगरपालिका–५ स्थित भम्बकका प्रेमबहादुर सिं ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् ।
उनले गतवर्ष करिब छ हजार बराबरको बिरुवा बिक्री गरेका थिए । यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ । ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहेका छन् । प्रति बिरुवा ४० का दरले फार्मबाटै धमाधम बिक्री भइरहेको उनले बताए । नर्सरीमा दुई हजार ५०० बिरुवा बिक्री गर्न बाँकी रहेको उनले जानकारी दिए ।
यहाँ उत्पादन भएका बिरुवा पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा खपत हुने गरेको छ । बिरुवा राखेको १४ महिनामा लगाउन योग्य हुने गर्छ । ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योग समेत सञ्चालन गर्दै आएका छन् । रासस

नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार

यस्तो हुनेछ आज दिनभरको मौसम

वीरगञ्ज महानगरमा ट्याङ्करमार्फत खानेपानी वितरण गरिने

अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’

जसपाले फिर्ता लियो समर्थन, राष्ट्रियसभामा सरकार अल्पमतमा

यस्तो हुनेछ आज दिनभरको मौसम

विपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

प्रतिक्रिया