मेरो चरित्र हत्या गर्ने प्रयास भयोः मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले घुस लेनदेन सम्बन्धी अडियोमा आफ्नो नाम मुछेर चरित्र हत्या गर्ने प्रयास भएको बताएका हुन् । उनले आफूले गल्ती गरेको प्रमाण आए जस्तोसुकै कारवाही भोग्न समेत तयार रहेको स्पष्ट पारे ।
मन्त्री अधिकारीले अडियोमा बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको दावी गरे । आफ्नो नामका साथै परिवारसँग समेत मुछेर स्वार्थ समूहले आफ्नो अभिष्ट पूरा गर्ने प्रयास गरेको उनको भनाइ छ । त्यस्तै मन्त्री अधिकारीले कर्मचारी सरुवाको बिषय सरकारको नियमित काम भएकाले यसमा आफ्नो कुनै संलग्नता नरहेको धारणा राखे ।
उन ले एक वर्ष पछि मन्त्रिपरिषद् पुनर्गठन हुने सहमति भएकाले पुनर्गठन हुन लागेको भन्दै आफू पदमा रहेसम्म देश र जनताका लागि जिम्मेवारी पुरा गर्ने बताए ।
त्यस्तै आफ्नो कार्यकालमा भएका कामकारवाहीका बारेमा जानकारी दिँदै मन्त्री अधिकारीले भूमिसम्बन्धी ऐन संशोधन विधेयक सदनमा पेश गरिएको, भूमि बैंक सञ्चालनका सन्दर्भमा कार्यान्वयनको मोडालिटी तयार भएको जानकारी दिए । त्यसैगरि बिभिन्न जिल्लामा २२ हजार ८ सय ८ जना जग्गाधनीलाई दर्ता प्रमाणपत्र उपलव्ध गराइएको उनले बताए ।

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

जनताको अपेक्षाअनुसार प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयोः प्रधानमन्त्…

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

प्रतिक्रिया