शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

काठमाडौँ- नेपाल पर्यटन बोर्डका पूर्वसीईओ (प्रमुख कार्यकारी अधिकृत) डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । बिहीबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनीष झाले रेग्मी पार्टीमा प्रवेश गरेको जानकारी दिए ।