'होनर एक्ससिक्ससी' धमाकेदार रूपमा नेपालमा सार्वजनिक, खरिदमा रु ४,००० बराबरको फ्री इयरबड्स उपहार

स्मार्टफोन ब्रान्ड होनरले ले आफ्नो नयाँ मोडल होनर एक्ससिक्ससी नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपाली प्रयोगकर्ताको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर डिजाइन गरिएको यो फोन स्मार्ट डिजाइन, दमदार प्रदर्शन र अत्याधुनिक एआई (AI) फिचर सहित आएको कम्पनीले जानकारी दिएको छ।
होनर एक्ससिक्ससीम १.५ मिटर ड्रप रेसिस्टेन्स, IP64 प्रोटेक्सन, र AI Action Button जस्ता विशेषता रहेका छन्, जसले फोनलाई मजबुत र प्रयोगकर्तामैत्री बनाउनेछ। यो फोन नयाँ पुस्ताका लागि उत्कृष्ट विकल्प हुने दाबी कम्पनीको छ। लञ्च उत्सवको अवसरमा, कम्पनीले सीमित अवधिको विशेष अफर पनि ल्याएको छ। २०८२ साउन १५ (जुलाई ३१, २०२५) सम्म होनर एक्ससिक्ससीको खरिदमा रु ४,००० बराबरको होनर एक्ससेभेनइ एक्टिभ एयरबर्डस निःशुल्क प्रदान गरिनेछ। होनरका अनुसार, स्मार्टफोन नेपाली बजारका अधिकृत स्टोर तथा आउटलेटहरूमा उपलब्ध छ। सुलभ मूल्यमा अत्याधुनिक प्रविधि अनुभव गर्न खोज्ने प्रयोगकर्ताका लागि यो एक आकर्षक विकल्प बन्ने कम्पनीको अपेक्षा छ।

टिकटक बन्यो शार्क ट्यांक नेपालको आधिकारिक मनोरञ्जन पार्टनर

क्लासिक टेकको १६ औ वर्षामा प्रवेश, अफर जति मा चाहियो, त्यतिमै पाइयो !

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

प्रतिक्रिया