‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक उद्यमशीलता रहेका ठाउँमा रोजगारी सिर्जना हुने भएकाले औद्योगिक पूर्वाधार विकासमा सरकार केन्द्रित रहेको बताएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आज यहाँ आयोजित ३८औँ वार्षिकोत्सव समारोहमा उनले औद्योगिक पूर्वाधार विकासमा सरकार बाधक नबनी साधक बन्ने धारणा राखे ।
उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले औद्योगिक क्षेत्रलाई सूचना प्रविधिसँग जोडेर विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले औद्योगिक क्षेत्रलाई आधुनिक प्रविधियुक्त, नविन तथा प्रतिस्पर्धी बनाउन निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने धारणा राखे ।
बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अध्यक्ष बाबुराम पन्तले औद्योगिक प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै आफूहरू अगाडि बढिरहेको उल्लेख गरे ।
समारोहमा विभिन्न औद्योगिक क्षेत्रमा कार्यरत उत्कृष्ट कर्मचारी तथा सफल उद्योगलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो । देशभरका औद्योगिक क्षेत्रको एकीकृत व्यवस्थापन, समन्वय तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित यस संस्थाले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको हो ।
सरकारले लिएको नीतिअनुरूप औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगलाई सेवा दिने सक्रिय संयन्त्रका रूपमा आफ्नो भूमिका मजबुत बनाउँदै आएको छ । रासस

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रतिक्रिया