दक्षिण सिरियामा हिंसामा ५०० भन्दा बढीको मृत्यु

दमास्कस- दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एक युद्ध अनुगमनकारी सिरियाली संस्थाले बिहीबार जानकारी दिएको छ ।
‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले सिरियाली सुरक्षाकर्मीलाई स्वेइदामा तैनाथ गरिएपछि सरकारी सेना र स्थानीय ड्रुज समुदायबीच भएको भीडन्तमा ८९ ड्रुज लडाकू र १५४ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ।
यस झडपमा २४३ जना सरकारी कर्मचारी र १८ जना बेडुइन लडाकुको पनि मृत्यु भएको थियो ।
इजरायली हवाई आक्रमणमा १५ जना सरकारी कर्मचारीसहित बेडुइन जनजातिको अधिकारका लागि लडिरहेको एक समूहका तीन जना वरिष्ठ सदस्यको पनि मृत्यु भएको थियो । (एएफपी)

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण
बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

प्रतिक्रिया