इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

न्युयोर्क- प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणमा तीव्र वृद्धि भएको रिपोर्ट गरेको छ । इजरायली नाकाबन्दीका कारण मार्च र जुनको बीचमा यो दर दोब्बर भएको एजेन्सीले जनाएको छ ।
बुधबार विज्ञप्तिमा ५७ प्रतिशत आवश्यक चिकित्सा आपूर्ति समाप्त भएको जनाउदै युएनआरडब्लुएले चिकित्सा क्षेत्रले संसाधनहरूको गम्भीर अभावको सामना गरिरहेको जनाएको छ ।
एजेन्सीले बालबालिकाहरू उनीहरूको आँखामुनि मरिरहेको चेतावनी दिँदै उनीहरूको उपचारका लागि चिकित्सा आपूर्ति वा दिगो खानाको अभाव रहेको बताएको छ ।
नाकाबन्दीले रक्तचाप, एन्टी–परजीवी र एन्टी–फङ्गल उपचार, आँखा सङ्क्रमण उपचार, छाला उपचार र वयस्कहरूका लागि मौखिक एन्टिबायोटिकहरूका लागि औषधिहरूको पूर्ण अभाव निम्त्याएको छ । युएनआरडब्लुएले गाजामा सेवाहरू प्रदान गर्न जारी राख्नु झन् झन् कठिन हुँदै गएको कुरामा जोड दिएको छ ।
जनवरी १९ देखि सुरु भएको दुई महिनाको युद्धविरामपछि इजरायलले मार्च १८ देखि गाजाविरुद्ध आफ्नो सैन्य अभियान पुनः सुरु गरेको छ ।
इजरायली सेनाले गाजा पट्टीभरका विभिन्न क्षेत्रलाई लक्षित गरेर युद्धविरामको बारम्बार उल्लङ्घन गर्दा गाजाले अहिले अभूतपूर्व मानवीय विपत्तिको सामना गरिरहेको छ । (क्युएनए)

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण

प्रतिक्रिया