शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

सुनसरी- इटहरी उपमहानगरपालिकाको व्यवस्थापनमा यस वर्ष पनि  'तरहरा कोरा' हुने भएको छ । शनिवार चौथो संस्करण ' तरहरा कोरा' जनसहयोग माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

तरहरा कोरामा पाँच सयभन्दा बढी ६ देखि ७२ वर्ष सम्मकाले सहभागिता जनाउन सक्ने जनाइएको छ ।

आयोजकका अनुसार 'किड्स कोरा' अन्तर्गत ११.५ किलो मिटरको यात्रा गर्नु पर्नेछ । 'सिनियर कोरा' २२.५ किलो मिटरको साइकल यात्रा पुरा गर्नु पर्नेछ ।

धरान,दमक,उदयपुर गाईघाट,विर्तामोड,विराटचोक,पथरी,विराटनगर,इटहरी,धरान,तरहरा र इनरूवा लगायतका स्थानबाट सहभागीहरू आउने आयोजकले जानकारी दिएका छन् ।

इटहरी उपमहानगरपालिकाको व्यवस्थापन र मुख्य प्रायोजक बृज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी रहेको छ ।

संयोजक सुरज लामाले उक्त कार्यक्रममा साढे ३ लाख खर्च हुने जानकारी दिए ।

'तरहरा कोरा' वार्षिक साइकल जात्रा हो । यसको सुरूवात सन् २०२२ मा सुरू भएको हो । 

'कोरा' शब्दले तिब्बती संस्कृतिमा पवित्र स्थानलाई घुमाउने अर्थ दिन्छ । यस साइकल यात्रामा यात्रीहरूले समुदायको फाइदा र मानसिक एकाग्रता प्रतिकात्मकको रूपमा घुम्ने गर्छन् ।