शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

जापानमा नेपाल पभिलियन भोलि देखि खुला हुँदै

ओसाका- कान्साई विश्व प्रदर्शनी (एक्सपो) मा नेपाल पाभिलियन भोलिदेखि खुला हुने भएको छ । एक्सपो सुरु भएको ९८ औ दिनमा नेपालले आफ्नो सहभागिता जनाउने भएको हो । एक्सोपोमा पभिलियनहरू ८४ वटा सञ्चालनमा आउने भएका छन् । १५८ देश र ७ अन्तर्राष्ट्रिय संस्थाहरू सहित सबै सहभागी देशहरूले प्रदर्शनी गर्ने भएका हुन्।

विश्व प्रदर्शनी संघका अनुसार बिहान विशेष अतिथि तथा सम्बन्धित व्यक्तिहरूका लागि उद्घाटन समारोह आयोजना गरिनेछ । दिउँसो १२:३० बजेपछि सर्वसाधारणका लागि पभिलियन खुला गरिने भएको छ । राति ९ बजेसम्म सञ्चालन हुने यो पभिलियनमा प्रवेश पहिलो आएका व्यक्तिहरूलाई प्राथमिकता राखिनेछ ।

नेपाल सरकार आफैंले निर्माण गरेको पभिलियन हो। तर निर्माण कम्पनीलाई समयमै निर्माण लागत नपुगेकाले जनवरी महिनाबाट काम रोकिएको थियो।  विविध कारणले रोकिए पनि अब भने प्रदर्शनीमा जापानीज नागरिकहरू पुनः आउने अपेक्षा गरिएको छ । नेपालको पर्यटन तथा व्यापार क्षेत्रको प्रवर्दद्धन र प्रचारप्रसार हुने विश्वास गरिएको छ ।

नेपाल पाभिलियनमा नेपाल प्रवेशको ढिला हुँदा जापानीज सञ्चारमाध्यममा चौतर्फी आलोचना भएको थियो । जापानस्थित नेपाली दूतावासले यस प्रदर्शनीलाई खुला गराउन तथा नेपालको सहभागिता जनाउन अग्रसरता लिएका कारण पनि सम्भव भएको हो ।
यही कारणले नेपालले आफ्नो राष्ट्रिय दिवस (नेसनल डे) मनाउने मिति जेठ १८ (मे ३१) मा तय गरे पनि स्थगित गरिएको थियो।

तर, जुलाई ७ मा आयोजित पत्रकार सम्मेलनमा एक्सपो आयोजक संस्थाले नेपालले अब आफ्नो राष्ट्रिय दिवस जुलाई २८ मा मनाउने जानकारी दिएको थियो। नेपालको राष्ट्रिय दिवस २८ जुलाईमा मनाइने भएको छ ।  नेपालको तर्फबाट राष्ट्रिय दिवसकाका लागि जनसम्पर्क प्रतिनिधी तोकिएका जिज्ञान कुमार थापाले जानकारी दिए ।