रुकुम पश्चिममा १० हजारभन्दा बढी बिरुवा रोपियो

रुकुम पश्चिममा गत आर्थिक वर्ष २०८१/८२ मा १० हजार बढी बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयको सहयोगमा जिल्लाका विभिन्न सामुदायिक वनमा १० हजार बढी बिरुवा रोपिएको हो ।
जिल्लाका १४ वटा सामुदायिक वन समितिलाई निःशुल्क रूपमा १० हजार बढी बिरुवा उपलब्ध गराइएको डिभिजन वन कार्यालयका प्रमुख दिनेशजङ खत्रीले जानकारी दिए । उनका अनुसार वितरण गरिएका सबै बिरुवा सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनमा रोपिसकेका छन् । उनका अनुसार सामुदायिक वनमा धुपी, सल्लो, वीरेन्द्रफूल, कङ्लकी, छत्तिवन, टुनी, बाँसलगायत विभिन्न बिरुवा रोपिएको हो ।
खत्रीले दुई हजारभन्दा बढी बिरुवा मुसिकोट नगरपालिका–१ सल्लेस्थित चण्डीदल गण आर्मी ब्यारेकमा रोपिएको बताए । केही बिरुवा बाँफीकोट सबडिभिजन कार्यालय छिनखेत र मुसिकोट सबडिभिजन कार्यालय चाँपामा रहेका जनाउँदै उनले ती बिरुवा पनि सरोकार भएका निकायलाई वितरण गरी रोपिने उल्लेख गरे ।
सामुदायिक वनलाई हराभरा बनाउने, वनबाटै आर्थिक अवस्था सुदृढ बनाउने, रोजगारीका अवसर सृजना गर्नेलगायत उद्देश्य राखेर वृक्षरोपणलाई जोड दिइएको डिभिजन वन कार्यालयका प्रमुख खत्रीले जानकारी दिए । रासस

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया