वर्षातमा पनि आगलागीका घटना

काठमाडौँ- वर्षातको समयमा पनि आगलागीका घटना हुँदैन होला भन्ने तपाई लाग्न सक्छ, तर अवस्था त्यस्तो छैन । देशभर वर्षात् भइरहेका बेला पनि पछिल्ला दिनमा आगलागीका घटनाका कारण ठूलो जनधनको क्षति भएको छ ।
राष्ट्रिय विपद् जोमिख न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सक्रिय मनसुन रहेको, देशव्यापी रुपमा पानी परिरहेको भए पनि आगलागीको घटना उल्लेख्य भएका छन् । यही साउन ३ गते बिहान १० बजेदेखि चार गते बिहान १० बजेसम्म मात्रै छ वटा आगलागीका घटना घटेका छन् । त्यसबाट छ जनाको निधन भएको छ भने एक घाइते भएका छन् । आगलागीबाट ४० परिवार प्रभावित भएका छन् ।
गत वैशाखदेखि साउन ४ गतेसम्म नौ सय ६९ वटा आगलागीका घटना घटेका छन् । त्यसबाट १४ जनाको ज्यान गएको छ । आगलागीमा परेर एक सय ४० जना घाइते भएका छन् । त्यसबाट एक हजार ७९ परिवार प्रत्यक्ष रुपमा प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
गत वैशाखदेखि हालसम्म वन डढेलोको सङ्ख्या १५८ छन् । त्यसबाट दुई जना घाइते हुँदा २७ घरपरिवार प्रभावित भएका छन् । हावाहुरीका दुई सय ७३ घटना रेकर्ड हुँदा आठको ज्यान गएको छ ।
कूल ३९ जना घाइते हुँदा पाँच सय ३१ परिवार हावाहुरीका कारण प्रभावित भएका छन् । सो अवधिमा ६३ वटा सर्पदंशको घटना घटेका छन् । सर्पदंशका कारण पाँच जनाको ज्यान गएको छभने ६४ घाइते भएका छन् । ७० परिवार प्रभावित बनेका छन् ।
देशभर बाढीको एक सय ३७ घटना रेकर्ड भएका छन् । त्यसबाट १३ जनाको ज्यान जानुका साथै एक हजार दुई सय ४६ परिवार प्रभावित भएका छन् । बाढीमा परेर २० जना बेपत्ता भएका छन् । पहिरोमा एक सय ८३ वटा घटना रेकर्ड भएको छ । पहिरोमा परेर सात जनाको ज्यान जाँदा नौ घाइते भएका छन् । कूल एक सय ९९ परिवार प्रभावित भएका छन् ।
सो अवधिमा देशभर दुई सय २४ पटक परेको चट्याङबाट २८ जनाको निधन भएको छ । एक सय ६० जना घाइते हुँदा दुई सय ६० परिवार प्रभावित भएका छन् । लेक लागेर ११ जना, जनावरको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ । रासस

तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला
_WbwxcTG7Hu_sdgq7hooprt45mjpdvx2rgh9rk9plpx5itffppxaextptl4zudxpmgbjo6im_ODOvg1e8jM_rfkllyayfksaulngdtpsa4l6l1sgljgujkwx4aojt0srbixexvruxpue37g3.jpg)
पशुपतिनाथको चारै ढोका खुला, भक्तजनको घुइँचो (फोटो फिचर)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

प्रतिक्रिया