नमूना पशुपक्षी अस्पताल भवन निर्माण अधुरो

डुम्रे (तनहुँ)- यहाँको व्यास नगरपालिका–३ दमौलीस्थित नमूना पशुपक्षी अस्पतालको भवन निर्माण अधुरो बनेको छ ।
सो भवन विसं २०८१ पुसमा सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि ७५ प्रतिशत मात्रै काम सकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । निर्धारित समयमा पूरा नभएपछि पटक पटक म्याद थप गरेपनि समयमा सम्पन्न नभएको केन्द्रका प्रमुख रविसन अधिकारीले जानकारी दिए ।
ठेकेदारको लापरबाहीले सुस्त गतिमा काम गरेकाले २५ प्रतिशत काम अझै बाँकी छ । प्रमुख अधिकारीले भने, “द्रुतगतिमा काम गरेर छ महिनाभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि म्याद थप भएको छ ।” भवन निर्माणको जिम्मा इको बिल्डर्सले पाएको हो ।
सदरमुकाम दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा डेढ वर्षअघि सम्पन्न गर्नुपर्ने भए पनि भवन अधुरै छ ।
गण्डकी प्रदेश सरकारको मूल्य अभिवृद्धि करबाहेक रु चार करोड ९० लाख ८३ हजार छ सय ७९ को लागतमा अस्पताल भवन निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न रु १० करोड लाग्ने अनुमान छ ।

गोरखामा एक वर्षमा ७० किलोमिटर सडक कालोपत्र

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

प्रतिक्रिया