रसुवामा बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता

रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्तामा सो प्रतिबद्दता ब्यक्त भएको हो ।
सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए । अर्थ मन्त्रालयमा भएको सो भेटका क्रममा सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरुको खोजीमा देखाएको सकृयता र सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरुको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनीयाँ पक्षलाई धन्यवाद दिए । आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण छ । त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँन जरूरी छ,’ अर्थमन्त्री पौडेलले भने ।

एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने
_uzYo7DmVkF_ne2rnlugpdyjnxm8rvrpsxbyo10uq0ix7z0rre3xbeqngycyctw9u3feqkhk_ybTwYBI2F7_8fh9ewy7f7jtl3eklgcewsiobdsai5pxzt0u9deiqbtus3iuwmsvklfjieu1.jpg)
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन, चार वर्षमा आधा काम

देवघाटमा स्नान गर्ने भक्तजनको घुइँचो

देशभरी वर्षा हुने, सावधानी अपनाउन अनुराेध
रास्वपाको निर्वाचन आयोगमा अद्यावधिक
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_0cyk9UQyje_aum1ew1ym3fmtsoruy9sz4x9k4quajtnv08vbaetscmzwkqevxeno00c0btn_BVmCa0WDjd_upanyy8gxofhdukq85su7c9ufal3psmcudggk8mlr2scpvp1bjuovytfz5nk.jpg)
गण्डकीमा भारी वर्षा, सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

तरकारी र खसीबोका बिक्रीबाट महाशिलामा भित्रियो तीन करोड ५० लाख

प्रतिक्रिया