ट्रायम्फ नेपालले सम्पन्न गर्यो ‘लिगेसी राइडः सौराहा एडिसन’

काठमाडाैं- ट्रायम्फ नेपालले लिगेसी राइड मोटरसाइकल रयालीको तेस्रो संस्करण, ‘ट्रायम्फ लिगेसी राइड स् सौराहा एडिसन’, साउन २ देखि ३ सम्म सफलतापूर्वक आयोजना गरेको छ। ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि। द्वारा आयोजित यस राइडमा ३५ जना ट्रायम्फ राइडरहरूले सहभागिता जनाएका थिए।
राइडको सुरुवात पोखराको नयाँबजारस्थित ट्रायम्फ शोरूमबाट भएको थियो। पोखराको डाँडाकाँडा हुँदै तराईका समथर भूभागहरू पार गर्दै ट्रायम्फ मोटरसाइकलको समूह सौराहा, चितवनतर्फ अघि बढेको थियो। करिब १६० किलोमिटरको रमणीय यात्रा पार गरेर राइडरहरू साँझ सौराहा पुगेका थिए।
सौराहामा राइडरहरूले थारु संस्कृति, सांस्कृतिक कार्यक्रम, बोनफायर जस्ता रमाइलो गतिविधिहरूमा सहभागी भई यात्रा थप अविस्मरणीय बनाएका थिए। शनिबार बिहान, चितवन राष्ट्रिय निकुञ्जको जङ्गल सफारीमा सहभागी भएर उनीहरूले एकसिंगे गैँडा लगायत विभिन्न वन्यजन्तुहरूको अवलोकन गरे। त्यसपछि उनीहरू रमणीय बाटो हुँदै फिर्ती यात्रा गर्दै पोखरा फर्किए।
यस यात्रा मार्फत ट्रायम्फ राइडरहरूले नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्यको अनुभव गर्दै आन्तरिक पर्यटन तथा दुईपांग्रे पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले भने, “ट्रायम्फ लिगेसी राइड स् सौराहा एडिसनले देशभरिका राइडरहरूलाई एउटै यात्रामा जोड्यो, जहाँ उनीहरूले नेपालको अनुपम प्रकृति र सांस्कृतिक विविधता अन्वेषण गर्दै राइडिङ्गप्रतिको आफ्नो उत्साह र अनुभवहरू बाँडे।”
नेपालमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आगामी दिनहरूमा यस्तै थप राइडहरू सञ्चालन गर्दै आन्तरिक पर्यटन र मोटरसाइकल संस्कृतिलाई प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरेको छ।

जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुर्याउँदै दिगो

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे …

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

प्रतिक्रिया