एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने

काठमाडौँ- नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आआफ्ना धारणा राख्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आआफ्ना धारणा राख्नुभयो ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार आज गण्डकी प्रदेश, मधेस प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीका ४९ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेका छन् ।
अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् । बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्य नविकरण गरेको विषयले पनि प्रवेश पाएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । बैठकमा आफ्नो धारणा राख्न केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको थियो ।
बैठकमा बहस नोट लेखनको जिम्मेवारी पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा विष्णु रिजाल र निरज आचार्य रहेको कमिटी गठन गरिएको छ । बैठक भोलि पुनः ११ बजे बस्ने जनाइएको छ ।
---

रसुवामा बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
_uzYo7DmVkF_ne2rnlugpdyjnxm8rvrpsxbyo10uq0ix7z0rre3xbeqngycyctw9u3feqkhk_b2zSVGNvZT_lobod5fjhwrtbjvx0ojxnyskax1foibdy8newrnfa0btqczd8lgjxtjzgc0w.jpg)
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन, चार वर्षमा आधा काम

देवघाटमा स्नान गर्ने भक्तजनको घुइँचो

देशभरी वर्षा हुने, सावधानी अपनाउन अनुराेध
रास्वपाको निर्वाचन आयोगमा अद्यावधिक
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_0cyk9UQyje_aum1ew1ym3fmtsoruy9sz4x9k4quajtnv08vbaetscmzwkqevxeno00c0btn_BVmCa0WDjd_upanyy8gxofhdukq85su7c9ufal3psmcudggk8mlr2scpvp1bjuovytfz5nk.jpg)
गण्डकीमा भारी वर्षा, सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

तरकारी र खसीबोका बिक्रीबाट महाशिलामा भित्रियो तीन करोड ५० लाख

प्रतिक्रिया