एमाले केन्द्रीय समिति बैठक आज पनि

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ।
हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र चौतर्फी आक्रामण भएको र त्यसको डटेर सामना गर्नु पर्नेमा जोड गरेका थिए भने हिजोको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका थिए, जसमाथी छलफल जारी रहेको छ ।
हिजोका बैठकमा जना केन्द्रिय सदस्यहरूले धारणा राखिसकेका छन् भने बाँकीले मंगलवार धारणा राखिसके पछि बैठक समापन गरिनेछ । हरेक सदस्यलाइ बाेल्न ३-३ महिनाकाे समय दिइएकाे छ । सचिवालय,स्थायी कमिटी र पोलिटव्यूरो बाहेक एमालेमा करिब २३० जना केन्द्र्रीय सदस्य रहेका छन् ।
मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य रूपमा केन्द्रित हुनेछ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।
भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।
तर, पुर्व राष्ट्रपति भण्डारीको सदस्यता नविकरण भने ‘पेन्डिङ’ मा राखेको जनाए पछि अध्यक्ष ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाइएको रूपमा अर्थ्याइए पछि आइतवार साँझसम्म दुबै नेता बिचमा च्यासलस्थित कार्यालयमा भेटघाट र छलफल भएको थियो ।
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_nkEdYW4NLI_fkk6opjs3fowvgjyotpnufzh46gymj9j7kzf2wkj8yofeiopoc06jkggairk.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

प्रतिक्रिया